Naya Media
आइतवार, असार १४, २०८३
| | June 28, 2026
आइतवार, असार १४, २०८३

सत्ता र शक्तिको भोकले प्रचण्डका बफादार आदेश पालक बनेका माधव नेपाल

मङ्लबार, बैशाख २१, २०७८
काठमाण्डाै ।

अपराधका शिरोमणि अर्थात प्रचण्डका मामूली कार्यकर्तामा परिणत भएका माधब नेपाल र उनले नेतृत्व गरेको समूहले एमालेको गौरबपूर्ण संस्कृति नष्ट गर्ने र संकीर्णता, छलकपट र पदलोलुप मानसिकताले भरिपुर्ण उक्त समूहले च्याँखे दाउ जबरजस्त लाद्न कोशिस गर्नेमा जति विश्वास गर्न सकिन्छ त्यसभन्दा बढी संस्थागत बनिसकेको सुदृढ ‘एमाले’लाई एकताबद्ध तुल्याएर अघि बढ्नेमा कुनै नैतिकता नै नभएको घटनाक्रमहरुले सहजै पुष्टि गरिसकेका छन ।

नेपालमा जातिय राज्यको परिकल्पना गर्ने प्रचण्ड र उनै प्रचण्डका बफादार आदेश पालक बनेका कारण देशमा फेरि अस्थिरताका रुप रेखाहरु कोरिएका, सामाजिक सद्भाव च्यातिएको, अराजकता र अनुशासनहीनता बढेको अवस्थालाई ‘महान् उपलब्धि’का रूपमा देख्ने माधब नेपालबाट गल्तीको प्रायश्चित हुने आशा किन पनि राख्न सकिदैन भने उनमा सत्ता र शक्तिको भोक र प्यासको तडपन उनी आफैले पार्टी नेतृत्व गरेको १५ वर्षे नेतृत्वकाल भन्दा अझ भयानक देखीदै छ ।

यो बदलीएको परिस्थितीमा, उनले आफूलाई आत्मबाट सच्चाउन सक्छन त ? घुम्दै फिर्दै रुम्जाटार भने झै स्वार्थपुर्तीका लागी प्रचण्डको सति गएर पेरिसघाट चहार्दै अन्तीममा ओलीले नेतृत्व गरेको गौरवशाली पार्टी अर्थात एमालेमै आईपुगेका त छन तर मार्क्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादको कार्यदिशाबाट तनाबग्रस्त र भयभीत हुदै आफ्नै पार्टीका अध्यक्ष एबं प्रधानमन्त्री ओलीका बिरुद्ध मर्यादाहीन र तथ्यहीन आरोप लगाउदै बकबास गर्न लाजमर्दो शैलीमा उत्रिएको देख्दा भुलभुलैयाहरुले बिकास गरेको राजनीतिक, बैचारिक, नैतिक र सास्कृतिक स्तर धेरै नै टिठ लाग्दो रहेछ भन्ने प्रष्ट भएको छ ।

कम्युनिष्ट दर्शन, सिद्धान्त, मूल्य, मान्यताका बारेमा सामान्य ज्ञान समेत नराख्ने बिचौलिया र सामन्तीहरुको बिगबिगी दिनानुदिन बढी रहेको र उही मिल्दोजुल्दो प्रबृति अंगीकार गरेका पात्रहरुलाई पार्टी कमजोर बनाउने समान्तर गतिविधिका नाममा नेतृत्व प्रधान गरेका उदाहरण छर्पस्ट भएका छन ।

पार्टीका आधिकांश कार्यकर्ता पार्टी विभाजन हुनु हुँदैन भन्ने पक्षमा एकमत नै छन् । इमान र निष्ठापुर्वक लागेका कुनैपनि नेता वा कार्यकर्ताको मनले पार्टी मतभेद र विभाजनको अवस्थालाई स्विकार गर्न सकिरहेका छैनन । तर प्रचण्डको मतियार बनेर माधब नेपालले एमाले भित्र र पार्टीले सरकारको नेतृत्व गर्ने सवालमा घटाएका पछिल्ला आपराधिक घटनाले पक्कै पनि आम शुभ चिन्तकहरुमा निरासा छाएको छ ।

उनीहरु नै आजभोली, राजनीतिक आन्दोलनमा आफ्नो जीवन समर्पित गरेका, इमान्दारिता र निष्ठाको जीवन बांचेका नेतालाई राजनीतिक इमान्दारीताको पाठ सिकाउन थालेका छन । नेकपा एमालेको एकतालाई टुक्र्याउन यी र यस्तै रबैया बोकेका व्यक्तिहरुको व्यवहारले प्रमुख भुमिका खेलेको छ र यसलाई गति दिने काम प्रचण्डको निर्देशनमा माधब नेपालले अहोरात्र गरिरहेका छन ।

पार्टीका आधिकांश कार्यकर्ता पार्टी विभाजन हुनु हुँदैन भन्ने पक्षमा एकमत नै छन् । इमान र निष्ठापुर्वक लागेका कुनैपनि नेता वा कार्यकर्ताको मनले पार्टी मतभेद र विभाजनको अवस्थालाई स्विकार गर्न सकिरहेका छैनन । तर प्रचण्डको मतियार बनेर माधब नेपालले एमाले भित्र र पार्टीले सरकारको नेतृत्व गर्ने सवालमा घटाएका पछिल्ला आपराधिक घटनाले पक्कै पनि आम शुभ चिन्तकहरुमा निरासा छाएको छ ।

मुख्य गरी: प्रचण्डले एमाले फुटाउन दिन दुई गुणा, रात चौ गुणा चालबाजी गरिरहेको, पार्टी विभाजित हुंदा रमाउने उक्त अपराधिक समूह जो बिभाजनकारी भुमिका खेल्दै विभाजन भित्रै केही लाभ लिन प्रयासरत छ । प्रचण्डले बुनेको रंगीन पासोमा माधब नेपालहरु फसेका छन र पार्टी बिरोधी हर्कतहरु नांगोरुपमा प्रस्तुत गर्न उद्धत छन ।

तसर्थ: प्रचण्डको बफादार खेतालो बनेर माधब नेपालले पार्टी बिरोधी गतिबीधी गर्नू भन्दा माओवादी भएरै अपराधिक गतिबीधी गर्दा सुहाउदो हुन्छ । साथै, माधब नेपालले नेतृत्व गरेको अराजक समूहले आफ्ना अपराधिक हर्कत देखाई सकेकाले असली जवजवादीहरु र एमालेका सच्चा सिपाहीहरु भने जापानको हिरोसिमा र नागासाकी जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छौ भन्ने आँट गरौ, रुसको भुभाग जस्तो छाती चौडा पारौ ।

समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै एमालेको लागी दुश्मन साबित भएकाहरुले घेर्नेछन् तर पनि हामी डराउनु हुदैन, आफ्नो इमानमा डटि रहौ, हाम्रा आँखा सधैं ‘वीकी लिक्स’ झैं चनाखा राखौ, त्यसै गरी हाम्रा बोली, बिचार र व्यवहारले संसार भर ‘पनामा पेपर्स’ जत्तिकै तहल्का मच्चउनेछन् ।

अन्तत: बिभाजनकारीहरु बाहेक सम्पुर्ण नेता कार्यकर्ता आफुले निर्माण गरेको एमाले सम्वृद्ध होस् भन्ने पक्षमा नै देखिन्छन् । पार्टीलाई थप एकताबद्द मात्र होइन, पार्टीलाई वैचारिक, सैद्धान्तिक, साँगठनिक र हरेक हिसाबले अब्बल प्रमाणित गर्न लागी परौ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.