Naya Media
आइतवार, असार १४, २०८३
| | June 28, 2026
आइतवार, असार १४, २०८३

बागमतीमा कोरोनाका कारण एकैदिन ३४ जनाको मृत्यु

User Photo बुधबार, बैशाख २९, २०७८
काठमाण्डाै ।

कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् ।

प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जना महिला र ७ जना पूरुष गरी कुल १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार ललितपुरका ४ जना, भक्तपुरका ३ जना, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः २÷२ जनाको मृत्यु भएको छ । त्यस्तै रसुवा, रामेछाप र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५३ जना पुगेको छ ।

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ४ हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा काठमाडौैका २ हजार ७८८ जना, ललितपुरका ६०२ जना, भक्तपुरका ५३७ जना, रसुवाका १ जना, नुवाकोटका ७३ जना, धादिङका ११५ जना, चितवनका १२४ जना, सिन्धुलीका ४७ जना, मकवानपुरका ११६ जना, रामेछाप २४ जना, दोलखाका १५ जना, काभ्रे १५५ जना र सिन्धुपाल्चोकका ५८ जना छन् ।

बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ जना छन् । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा २ हजार ४८१ जना, विभिन्न अस्पतालले संचालन गरेको एचडियूमा ३७८ जना, आइसीयूमा ६९८ जना, भेन्टिलेटरमा २२० जना उपचाररत रहेका छन् ।

त्यस्तै ४९ हजार ५९८ जना संक्रमितहरु होम आइसोलेशन बस्दै आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.