Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

१५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको पनि दाबी

User Photo शुक्रबार, जेष्ठ ७, २०७८
काठमाण्डाै ।

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

शुक्रबार दिउँसो विपक्षी गठबन्धनका नेताहरु पुग्नु भन्दा केहीबेर पहिला शीतल निवास पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दुई दलको समर्थन आफूलाई रहेको जानकारीसहित प्रधानमन्त्रीमा ओलीले दाबी पेस गरेको बताए ।

‘एमालेको १२१ र जसपाको ३२ सांसदको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीमा केपी ओलीले दावी पेश गर्नुभएको छ । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ,’ भट्टराईले भने ।

यस्तै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ओलीले प्रधानमन्त्रीमा दावी गरेको भन्दै ट्विट गरेका छन् । ‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ। दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ’ उनको ट्विटमा भनिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.