Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

देउवा प्रधानमन्त्री बनाउन पुरानो हस्ताक्षर दुरुपयोग भएपछि माधव समूहमा विद्रोह

सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराईले छाेडे नेपालकाे साथ

User Photo शुक्रबार, जेष्ठ ७, २०७८
काठमाण्डाै ।

नेकपा एमालेको माधव नेपाल समूहमा विद्रोह भएको छ । यसअघि केपी शर्मा ओलीविरुद्ध एकजुट भएका प्रभावशाली नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग विद्रोह गरेका हुन् ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् ।

विपक्षी गठबन्धनले १४९ जनाको हस्ताक्षरमा नेपाल पक्षका २७ जना सांसदको नाम समावेश गरेपनि नेपाल पक्षका प्रभावशाली नेताहरूले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

नेपाल पक्षको कोर टीमका सदस्यहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसालले शुक्रवार आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

यससँगै उनीहरूले नेपालसँग कित्ताकाटको तयारी गरेको स्रोतले बतायो । पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको र पुरानो हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

नेपाल पक्षमा खुलेर लागेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सांसदहरू नारायण खतिवडा र गणेश पहाडीले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा आफूहरूको समर्थन नरहेको बताएका हुन् ।

‘अहिलेसम्म पार्टीभित्रको संघर्षमा उहाँलाई साथ दिएको हो, आफ्नै पार्टीको सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवालाई काँध थाप्न हिँडेपछि हामीले साथ छाड्यौं,’ नेपाल पक्षमा खुलेर लागेका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।

शुक्रवार माधव नेपाललाई साथ नदिएका घनश्याम भुसाल प्रधानमन्त्री ओलीका कटु आलोचक मानिन्छन् ।

भीम रावल लगायत केही नेताले मात्र माधव नेपालको पछिल्लो कदमलाई समर्थन गरेका छन् ।

आफ्ना सांसदको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई जानकारी गराइसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.