Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

२०२१ भित्रै सबै नागरिकलाई काेराेना विरूद्धकाे खोप लगाइने छ- प्रधानमन्त्री ओली

User Photo बुधबार, असार ९, २०७८
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छ महिना भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन्।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सोमबार भर्चुअलरुपमा सम्बोधन गर्दै उनले खोपको अभाव क्रमश: सुल्झाउँदै सन् २०२१ भित्रै सबैलाई खोप लगाइने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकारले अशक्त र असहाय बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने पनि बताए। उनले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उत्कृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताए।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिलेकाहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि बताए।

यसका साथै त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाई विपरित सङ्कीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत उनको भनाइ थियो।

उनले भने, ‘‘परिणामस्वरुप नेपाली बालबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे। हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए। यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकालाई प्रयोग गर्ने काम समेत भए। कहिँ रीत पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ।’’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.