Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सर्वोच्च अदालतको फैसलालाई व्यक्तिगत जित हारको रुपमा नलिन कांग्रेसकाे अपिल

User Photo सोमवार, असार २८, २०७८
काठमाण्डौ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिएका छन् ।

देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको भन्दै देउवाले यसले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।

लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दल, सबै कानून व्यवसायी, भातृ तथा शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश तथा विदेशमा रहेका सबै नेपालीप्रति कांग्रेसले बधाई समेत दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.