Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

User Photo बिहिबार, साउन १४, २०७८
काठमाण्डौ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो ।

सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र लिम्बुले आजै पदभार पनि ग्रहण गरेका छन् ।

राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.