Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

चर्चित पप गायक क्रिश वुलाई बलात्कारको आरोपमा पक्राउ

User Photo सोमवार, साउन १८, २०७८
काठमाण्डौ ।

चिनिया प्रहरीले चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । वुमाथि एक १९ बर्षिया एक विद्यार्थीले केही दिन अघि मात्र २ बर्ष अगाडि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । चिनियाँ–क्यानडेली यी लोकप्रिय गायकमाथि अन्य दुई दर्जन महिलाहरुले अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन् । तर, गायक वुले सबै आरोप अस्विकार गरेका छन् ।

एक दर्जन भन्दा बढी विश्व प्रतिष्ठित ब्रान्डहरुले यो घटना सार्वजनिक भएसँगै वुसँगको व्यापारिक संझौता अन्त्य भएको घोषणा समेत गरेका छन् ।

वुलाई आरोप लगाएकी विद्यार्थीले सामाजिक संजालमार्फत घटना सार्वजनिक गर्दै वुको घरमा आयोजना भएको पार्टीमा आफूलाई बोलाइएको बताएकी छिन् । उनले, आफूलाई मदिरा सेवन गर्न दबाब दिइएको र आफू बिहान उठ्दा वुको विस्तारामा रहेको उल्लेख गरेकी छिन् ।

तर, गायक वुलेले भने ती विद्यार्थीले मदिरा सेवन गरेको अस्विकार गरेका छन् । आफूले लोभ देखाएर कसैसँग पनि यौन सम्बन्ध नराखेको, अर्धचेत यूवतीलाई बलात्कार नगरेको र नाबालिकासँग यौन सम्बन्ध नराखेको पनि बयान दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘हामीविचमा यौन सम्बन्ध भएको थिएन । उनी नाबालिग पनि थिइनन् ।’

वुले घटना पुष्टी भएको खण्डमा आफू जेल जान तयार रहेको बताएका छन् । सन् २०१८ मा विश्वमै चर्चित बनोको ‘मी टू’ अभियानका कारण यो घटना सार्वजनिक भएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.