ससक्तिकरणका क्षेत्रमा युवाहरु एस नेपालको आयोजना इको को-अपरेसनको साझेदारीमा कैलाली जिल्लामा संचालित Project REAL अन्तर्गत लम्की चुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा सरोकारवाला हरु सङ्ग परियोजनाको उपलब्धि तथा सामाजिक लेखा परिक्षण र सहकार्य लाई निरन्तरता दिन सरोकार वाला सङ्ग बैठक सम्पन्न भएको छ ।
लम्की चुहा ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहाकि उप प्रमुख टीका थापा रहनु भएको थियो । बैठकमा बोल्दै उप प्रमुख थापाले एस नेपालले गरेको कामको प्रसंशा गर्दै सफलताको शुभकामना दिनु भयो ।
लम्की चुहा ३ को बल्चौरमा रहेको बादी बस्तिमा १४८ घर धुरी रहेका छ्न ।
कार्यक्रममा सहभागी बादी समुदायले आफुहरुको बर्तमान अवस्था आगामी दिनका आवश्यकता समुदाय हितका लागि सरकारले खेल्नु पर्ने भुमिका विषयमा बोलेका थिए । कार्यक्रममा लम्की चुहा ३ का अध्यक्ष भक्त चलाउनेले स्थानीय सरकारको पहलमा बस्तिमा ४५ घर बनाएको बताउनु भयो र आगामी उत्थानका कार्यक्रम ल्याउने बताउनु भयो ।
साना किसान सहकारीकि प्रबन्धक माया शाहले बस्तिका १४८ घर परिवार मध्य १२८ घर परिवारलाई साना किसानको सेयर सदस्य बनाएको बताउनु भयो । अन्यको नागरिकता नभएका कारण सदस्य बनाउन नसकेको बताउदै निकट भविष्यमा संस्था सङ्ग जोडने बताउनु भयो । समुदायलाई इच्छा र चाहना अनुसार स्तरिकरण गरि स्वरोजगार बनाउन स्थानिय सरकारले भुमिका खेल्नु पर्ने बताउनु भयो ।
शक्तिकरणका क्षेत्रमा युवाहरु (एस) नेपालले वित्तिय पहुच भन्दा बाहिर रहेको बादी समुदायलाई वित्तिय पहुच सम्म जोडने उद्धेश्यले विगत ३ वर्षदेखी संस्थाले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर स्थित बादी समुदाय र कैलालीको धनगढीमा रहेको धुर्जन्ना मुक्त कमैया सिबिरको जिवनस्तर उकास्नका लागि विभिन्न सिपमुलक तालिम तथा अनुदान दिदै आएको छ ।
संस्थाले विगत लामो समयदेखी सामाजिक तथा आर्थिक अधिकार उत्थानका लागि काम गर्दै आएको एस नेपाल परियोजनाका कार्यकारी प्रमुख दिपिका बोहराले जानकारी दिनुभयो ।
एस नेपालले बादी बस्तीको वरिपरि काडेतार लगाएर घेर बार गरेपछी बस्तिमा बसिरहेकाहरुले तरकारी खेती गरेका छ्न । विगतमा बस्तिमा घेरबार नहुदा जिर्ण देखिथ्यो अहिले भने हरियाली भएको छ ।
कार्यक्रममा एस नेपालकी कार्यकारी प्रमुख दिपिका बोहरा,साना किसानकी प्रबन्धक माया शाह,बादी बस्तिका रमा बादी,ज्ञन बहादुर बादी,पार्वती बादी,लम्की चुहा ३ का वडा सदस्य दिपक शाही,प्रेम चौधरी लगायतको सहभागीता रहेको थियो ।
