Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

फिलिपिन्स र रुसी पत्रकारले पाए नोबेल शान्ति पुरस्कार

User Photo शुक्रबार, अशोज २२, २०७८
काठमाण्डौ ।

यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभलाई दिइने भएको छ । शुक्रबार नर्वेजियन नोबेल कमिटीले उनीहरुलाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

उनीहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो । अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दीगो शान्तिको पूर्व शर्त रहेको कमिटीले बताएको छ ।

मारिया रेनाले फिलिपिन्समा सरकारको शक्ति दुरुपयोग, हिंसाको प्रयोग र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकी थिइन् । सन् २०१२ मा उनले खोजमूलक पत्रकारको डिजिटल कम्पनी रापलरको स्थापना गरेकी थिइन्, जसको नेतृत्व अहिले पनि उनैले गरिरहेकी छिन् । पत्रकार तगा रापलरको सीईओको रुपमा उनले अडिग रहँदै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आएकी छिन् ।

डिमिट्री मुराटोभले पनि लामो समयदेखि चुनौतीपूर्ण अवस्थामा पनि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएका छन् । सन् १९९३ मा उनीसहितको टोलीले स्वतन्त्र अखबार नोभाजा गाजेटा खोलेका थिए । १९९५ पछि उनी २४ वर्षसम्म उक्त पत्रिकाको प्रधान सम्पादक रहे । सुरुआतदेखि नै नोभाजा गाजेटाले आलोचनात्मक आलेखहरु प्रकाशित गर्ने गरेको थियो । जसमा भ्रष्टाचार, प्रहरी हिंसा, अवैध पक्राउ, निर्वाचनमा धाँधलीजस्ता विषयलाई प्राथमिकतामा पर्थे ।

नोभाजा गनजेटालाई लक्षित गरी रुसमा दुव्र्यवहार, धम्की, हिंसा र हत्यासम्मका घटना भएका छन् । पत्रिका सुरु भएयता यो पत्रिकाका ६ जना पत्रकार मारिइसकेका छन् । हत्या तथा धम्कीका घटनाबाट पनि विचलित नभएका प्रधानसम्पादक मुराटोभ पत्रिकाको स्वतन्त्रताको नीतिलाई सदैव अघि बढाएका थिए ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइँदै आएको छ । यस वर्षको लागि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुन बाँकी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.