Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

इजरायल रोजगारीको नतिजा सोमबार खुल्दै

User Photo शनिबार, अशोज २३, २०७८
काठमाण्डौ ।

इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमबार सार्वजनिक गरिने भएको छ । वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको प्रतीक्षाको समय सोमबार सकिने भएको हो ।

नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्रीमार्फत श्रमिकको छनोट गरिनेछ ।

हाल भाषा परीक्षणमा उत्तीर्ण भएका एक हजार ६०० जनामध्येबाट एक हजार जना छनोट गरिनेछ । इजरायलमा हुने उक्त लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’मार्फत उम्मेदवारहरूले प्रत्यक्ष हेर्न सक्ने दूतावासले जानकारी दिएको छ ।

विभागले अन्तर्वार्ताबाट छनोट भएका एक हजार १२० महिला र ४८० जना पुरुष गरी एक हजार ६०० जनाको सूची गत १० गते नै नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.