Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

कैलालीको  बर्दगोरिया कोटातुल्सीपुरमा किशोरी कचहरी सम्पन्न

User Photo शुक्रबार, मंसिर २४, २०७८
काठमाण्डौ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बर्दगोरिया गाउँपालिका वडा नं ६ कोटातुल्सीपुरमा सम्पन्न भएको छ ।

बर्दगोरिया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मुडा कैलालीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा किशोरी कचहरी कार्यक्रम भएको थियो भने विभिन्न विद्यालयका छात्राले किशोरीहरूमा हुने समस्याका बारेमा प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा र उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक भगवती डगौरा र सम्बन्धित सरोकारवालाले दिएका थिए । किशोरीहरूले विद्यालयमा पढ्ने वातावरण कसरी बनाउन सकिन्छ, लैंगिक हिंसा अन्त्यका लागि गाउँपालिकाले गरेका कामका विषयमा प्रश्न उठाएका थिए । उक्त प्रश्नको जवाफ सरोकारवालाले दिएका थिए ।

गुड नेवर्स इन्टरनेशनल , बाल कल्याण संघ , दलित अधिकार मञ्च दिगो तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र नेपाल , दिगो विकास समाज कैलाली लगायतका विभिन्न संस्थाले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका विभिन्न विद्यालयका छात्रा तथा महिलाहरूको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले लैंगिक हिंसा अन्त्य गर्न सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका थिए । लैंगिक हिंसा अन्त्यका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.