कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालन गरेको किसान एकीकृत कृषि फर्मले आयोजना गरेको दुई दिने तरकारी खेती सम्बन्धि तालिम तथा बिउविजन वितरण कार्यक्रम आज समापन गरिएको छ ।
३२ जना सहभागी रहेको तालिममा लहरे बाली,प्याज,काउली लगायत अन्य बालिनाली कसरी लगाउने,मलखाद,पानी कसरी दिने कति मात्रामा दिने भन्ने कुराहरु सिकाइएको थियो ।
तालिममा सहभागीहरुले सिकेको ज्ञान र सीप लाइ प्रयोग गर्ने बताएका थिए ।
कार्यक्रममा जानकी गाउँपालिका ९ का वडा सदस्य शेर बहादुर विश्वकर्मा,किसान बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिती सदस्य मनिस न्यौपाने,प्रोजेक्ट म्यानेजर दिपक ढुंगाना कृषि प्राविधिक नवीन न्यौपाने लगायतकाले बोल्नु भएको थियो । संस्थाका कृषि विभाग प्रमुख जीवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन फर्म प्रमुख बिरेन्द्र शाहले गर्नु भएको थियो ।

