Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा मेखराज दहाल

User Photo बिहिबार, पुस १५, २०७८
काठमाण्डौ ।

पुस्तक व्यवसायीको हकहितका लागि काम गर्ने साझा संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मेखराज दहाल सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट दहाल निर्वाचित भएका हुन् । मनोनयन दर्ताको क्रममा अध्यक्षको उम्मेदवारमा दहाल बाहेक अरुको उम्मेदवारी नपरेपछि मेखराज दहाल अध्यक्षमा स्वत : निर्वाचित हुनुभो व्यवसायी भिम पडालले बताए। कैलालीको धनगढीमा विगत डेढ दशकदेखि व्यवसाय क्षेत्रमा सकृय रहेका दहालको नेतृत्वमा प्रदेशले नयाँ कार्यसमिति प्राप्त गरेको छ। पुस्तक व्यवसायमा लामो अनुभव रहेका उनी धनगढीको दहाल पुस्तक पसलका प्रबन्ध निर्देशक हुन।

यस्तै वरिष्ठ उपाध्यक्षमा श्याम पाठक ,उपाध्यक्षमा शंकर बहादुर कठायत,सचिव जयराज जोशी,सहसचिव निलमराज जोशी ,कोषाध्यक्षमा पार्वती देउवा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा विश्वप्रकाश जेठारा,गौरव बोहरा,युवक कुमार नायक,नारायण सिंह खत्री र देवी भट्ट निर्वाचित भएका छन् ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा पुस्तक व्यवसायी बिच मनोमानी बढिरहेको छ ,व्यवसायी बिच एक रुपता नहुँदा ठूलो व्यापारीको मारमा साना व्यापारी परिरहेका छन् । विशेष गरेर प्रदेशको अस्थायी राजधानी धनगढीमा व्यापारीहरु बिचको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय नै धरापमा पर्दै गैरहेको छ । त्यसै बिचमा प्रदेशले नयाँ जुझारु नेतृत्व पाएकोले यी यावत समस्याको समाधान हुनेमा आफू ढुक्क रहेको स्मार्ट बुक्स धनगढीका संन्चालक निश्चल जोशीले बताए।

निर्वाचित भए पश्चात हामीसँग प्रतिक्रिया दिदै अध्यक्ष दहालले प्रदेशभरीका सम्पुर्ण पुस्तक व्यवसायी ज्युहरुको हकहितका लागि आफू सक्दो पहल गर्ने बताएका छन् । उनले अगाडि भने मेरो काँधमा चुनौतीपूर्ण ठूलो जिम्मेवारी साथीहरूले सुम्पेका छन् तर म यसलाई अवसरको रूपमा लिएर आइलाग्ने समस्या एवं चुनौतीको सामना गर्न सक्षम रहेको छु ,आशा छ साथीहरू सबैले मलाई सहयोग गर्नुहुनेछ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.