Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

बौनिया जेसिज बर्ष २०२२ को अध्यक्षमा कृष्ण प्रसाद ओझा (पदम) निर्वाचित

User Photo बिहिबार, पुस १५, २०७८
काठमाण्डौ ।

बौनिया जेसिज बर्ष २०२२ को अध्यक्षमा कृष्ण प्रसाद ओझा (पदम) निर्वाचित भएका छन ।

बिहीवार सम्पन्न १० औं शाखा अधिबेशन बाट ओझा अध्यक्षमा सर्ब सहमतिका आधारमा निर्वाचित भएका हुन । यसैगरी कार्यकारीणि उपाध्यक्षमा देवानन्द जोशी र नवीन कुवर निर्वाचित भएका छन । यसै गरि उपाध्यक्षमा भिम बहादुर बि क,आर्यन जोशी ,बिष्णु बिष्ट र एकेन्द्र कुवर निर्वाचित भएका छन । मनोनीत पदको महासचिवमा बिर बहादुर बिष्ट, कानुनी सल्लाहकारमा चक्र शाही र कोषाध्यक्षमा जगत शाही मनोनीत भएका अध्यक्ष ओझाले जानकारी दिए ।

ओझा बौनिया जेसिजमा २०१४ साल देखि सक्रिय हुँदै २०२२ मा अध्यक्ष बन्न सफल भएका हुन । उनी नेपाल पत्रकार महासंघका जिल्ला सदस्य ,सडकपुर बौनिया युवा क्लबका महासचिव समेत उनी ।

बौनिया जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि गणेश प्रसाद जोशी को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष भेखु चौधरी रहनु भएको थियो ।

कार्यकारिणी उपाध्यक्ष जेसि मिलन ओलिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही, बर्ष २०१४ का अध्यक्ष भुमी प्रकाश बम, २०१५ का अध्यक्ष जेसि गणेश प्रसाद भट्ट , २०१६ का अध्यक्ष जेसि शिव राज कुवर, बर्ष २०१७ का अध्यक्ष जेसि कृष्ण बिष्ट , २०१८ का अध्यक्ष जनक बिष्ट , २०२० का अध्यक्ष केशव शाही लगाएतको उपस्थिति रहेक थियो । कार्यक्रमको संचालन महासचिव चक्र शाहीले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.