Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

नेपालमा एकैदिन २,४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि

User Photo मङ्लबार, पुस २७, २०७८
काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशत अर्थात् दुई हजार चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय १३ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १४ हजार सात सय ९८ पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय सात पुगेको छ ।

यस्तै अहिले नेपालमा नौ हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८० हजार चार सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.