Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

अपराध के हो र समाजमा अपराध समाजमा किन बढ्दैछ ?

User Photo मङ्लबार, माघ ११, २०७८
सुर्खेत ।

बढिरहेको अपराध को ब्याख्या गर्नु भन्दा पहिला, अपराध के हो, अपराधिक गतिविधिहरु कसरी घटने गर्दछ भन्ने बारेमा प्रष्ट हुन जरुरी छ।

अपराध के हो ?

समिस्टिगत रुप मा अपराध भन्नाले मानव को गलत क्रियाकलाप लाई जनाउद छ। कुनै पनि व्यक्ति सोय को मस्तिष्क वा समाज का कारण अपराधी हुन पुग्द छ।

अपराधलाइ परिभाषित गर्न निकै कठिन कार्य हो । समय सापेक्ष विविधता आउने गर्दछ, समाज मा दिएको चेतना र त्यही चेतना को शक्ति ले गर्दा नै व्यक्तिले र व्यवहारबिच को महत्त्वपूर्ण अन्तर देखा पर्न सक्दछ।

कुनै समय मानवीय कार्य अपराध हुन सक्छ भने कुनै समयमा सामान्य कार्य हुने गर्दछ। तेसैका कारण अपराध लाई परिभाषित गर्न जटिल कार्य हो।

अपराध मानवको मस्तिष्क बाट निस्किने त्यस्तो परिणाम हो जो राज्य शक्तिले रोक्न चाहान्छ। अपराध समाज को बिपरित कार्य हो ।

अपराध के हो ? भन्ने प्रश्नमा परिभाषा दिन निकै जटिल छ । विभिन्न कानुनविद्हरुको विभिन्न परिभाषा रहेको पाइन्छ ।

कानुनविद् Blackstone का अनुसार,

अपराध लाई दुई तरिका बाट परिभाषित गरेका छन।

उनका अनुसार पहिलो “अपराध सार्वजनिक कानुनको विपरीत उक्त कानुनले गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको काम गर्नु नै अपराध हो” (crime is an act committed or omitted in violation of public law for bidding or commanding it.)

दोस्रो “समुच्चय समुदाय लाई समुदाय मानिएकामा उक्त समुदायप्रतिको सार्वजनिक अधिकार तथा कर्तव्य को उलंघन नै अपराध हो”। (A crime is a violation of rights and duties due to the whole community ,considered as community )

नेपालको समाजमा अपराध समाजमा किन बढिरहेको छ ?

अपराध समाजमा किन बडिरहेको छ भन्ने प्रश्न गर्नु भन्दा पहिला ,कारण पत्ता लगाउन जरुरी हुन्छ।

• अबिभवक को लापरबाही ले गर्दा अपराधीक घट्नाहरु घटने गर्द्छ।

• समाजमा भय डर नभएको ,अपराध गरिसके पछि म नै राजा मेरो नै साम्राज्य भन्ने भाव राख्नु को कारण नै अपराध बडने गर्दछ।

• शिक्षा को पहुँच नहुन सक्दा हाल २०७२ को संविधान ले शिक्षा को पहुँच दिएता पनि सर्वहारा बर्ग समक्ष शिक्षा नपुग्दा बालबालिका अपराधीक क्रियाकलाप मा संगलन्ता हुने गर्दछन।

मानव अपराधी हुदैन ,मानव को शरीर अपराधी हुदैन केवल मस्तिष्क बाहेक , मानवको अन्य शरीर भनेको यन्त्र हो जो काम गर्दा काम लाग्ने गर्दछ तर मानव को मस्तिष्क अपराधि हुने गर्दछ।

अपराध लाई कसरी न्यूनीकरण गर्न सकिन्छ?
अपराध लाई न्यूनीकरण गर्न सजिलो छैन अझै पनि हजारौं अपराधीहरु हाम्रो ओरिपरी खुल्ले आम घुमी रहेका छन। कारण के त? राजनीतिक हस्तक्षेप ,रुपैयाँ को लालबाजी, सरोकारवाला को मिलोमतो , यो नै मुख्य तत्त्वहरु हुन अपराध न्यूनीकरण हुन नसक्नु को।

कार्यपालिका,न्यायपालिका ,व्यबस्थापिका राज्यका छुट्टाछुट्टै अंगहरु र काम भए झै अपराध लाई न्यूनीकरण गर्न कठोर व्यवस्था हुनु पर्द्छ जो कि कसैको पनि हस्तक्षेप को पहुच नपुगोस।

  • प्रबिन गिरी, दाङ तुलसीपुर
  • हाल सुर्खेतमा कानुन (BA.LLB) अध्ययन गर्दै


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.