Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, पहिला धेरै साथीहरुले हारेको हैन –देउवा

User Photo सोमवार, चैत्र १४, २०७८
काठमाण्डौ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावका गठबन्धन गर्नुको विकल्प नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका हुन् ।

कतिपय नेताले काँग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताए । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार। गठबन्धन नगरेर हुन्छ ?’, देउवाले भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौं भन्या । ए बाबा पहिला धेरै साथीहरू हारेका हैनन् र? ’

उनले पुरानो कुरा बिर्सेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘ मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि। पुराना कुरा सम्झेर हुन्छ ?’, उनले भने, ‘ त्यसकारण गठबन्धन गरेर जानु जाऔँ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.