पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने जारी छ । आज कैलालीको बौनियामा भएको कार्यक्रममा सयौको संख्यामा नागरिक उन्मुक्ति प्रवेशगरेको पार्टीका सुदुर पश्चिम संगठन विभाग प्रमुख तथा केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रन्जीता श्रेष्ठ चौधरी, केन्द्रिय प्रबक्ता दामोदर पन्डित, केन्द्रिय सङठन बिभाग आदरणीय लक्ष्मण किशोर जोगेथवा,केन्द्रिय सदस्य अरुण चौधरी लगायको को उपस्तिथिमा कार्यक्रम भएको थियो ।
पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम गरेको पार्टीका केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।
पछिल्लो समय उक्त पार्टिले आफ्ना गतिविधि लाई बढाई रहेको छ । कैलाली लगायत बर्दिया र कंचनपुरका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गर्दै आएको छ ।
पार्टीमा प्रवेश हुने लहर नै देखिएको छ । आगामी संसदीय चुनाव लाई लक्षित गरि पार्टिले गतिविधि बढाई रहेको केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।

