कैलालीको लम्की चुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले नगरपालिकामा छ्ड्के हान्नु भएको छ । नगरपालिकामा कर्मचारी कार्यालय समय भन्दा ढिलो आउन थालेपछि निगरानी बढाउनु भएको हो । सेवाग्राही प्रायः कार्यालय समय भन्दा ढिलो आउन थाले पछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय समय बिहान १० बजे सुरु हुने भए पनि कर्मचारी ढिलो आउने गरेका छ्न । पटक पटक समयमा आउन आग्रह गर्दा पनि कर्मचारी ढिलो आउन थालेपछि आज सम्बन्धित साखामा ताला सम्म लगाउनु भएको हो ।
नगरप्रमुख शाहिले भन्नू भयो “मैले कर्मचारी लाई बेलैमा आउन भनेर मेरा सचिवालयका कर्मचारी लाई सम्झाउन भने सचिवालयका कर्मचारीले उनी हरु लाई भने तर नमाने पछि एक्सनमा उत्रिनु पर्यो”
कर्मचारी कार्यालय समय ढिलो आउन थालेपछी नगरप्रमुख लाई सेवाग्राहीले फोन गर्ने गरेका थिए ।
