Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता हुने

User Photo शनिबार, चैत्र ४, २०७९
काठमाण्डौ ।

कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता हुने भएको छ । किसापानी एडभेन्चर रिसोर्टको छेउ भएर बग्ने कर्णाली नदिको तिरमा भलिबल हुने आयोजक समितीका संयोजक तपेन्द्र रावलले जानकारी दिनु भयो ।
सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने धेयेले सुदूरका ३३ वटा टिमको सहभागीता रहने रावलले बताए ।
भलिबल खेल चैत्र १० देखि चैत्र १६ गते सम्म खेलाइने र खेलसँगै देउडा पनि सञ्चालन हुनेछ ।
प्रतियोगितामा सुदूर पश्चिमका सम्पूर्ण स्थानीय तहबाट भलिबल टिमको सहभागिता गराइने आयोजकको भनाइ छ । नेपालमै पहिलो पटक कर्णाली नदी किनारको बालुवामा गत साल बिच भलिबल प्रतियोगितामा आयोजना गरिएकी थियो । प्रथम हुने टिमलाई ५० हजार नगद मेडल,प्रमाणपत्र ट्रफी दृतिय हुने टिमलाई २५ हजार मेडल प्रमाणपत्र ट्रफी र तृतीयलाई १५ हजार मेडल प्रमाणपत्र ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
रावल ती व्यक्ती हुन २०७७ सालमा सुदुरपस्चिम का ८८ ओटा स्थानिय पालिका बिच अन्तर पालिका पुरुष बिच खेलाउन सफल कसैले पनि सहयोग नगरेका कारण ब्यक्तिगत रुपमा २० लाख क्षती ब्यहोर्नु पर्यो। उक्त प्रतियोगितामा १८ ओटा टिम सहभागी थिए। प्रथम पुरस्कार १ लाख, दितृय ५० हजार र तृतीय २५ हजारका साथै ट्रफी , मेडल र प्रमाण पत्र समेत बितरण गरिएको थियो। उक्त अवधिभर खेलाडी लाई खाना र बस्न सबै निशुल्क थियो। यसपाली पनि बिच भलिबल रास्ट्रब्यापी रुपमा चैत्र १० गते देखि १६ गतेसम्म उक्त स्थानमा ३३ ओटा टिमको सहभागिताको सुनिश्चिता हुने गरि कार्यक्रम तय भैइरहेको छ । जसमा प्रत्येक प्रदेश बाट ३ गरि ७ प्रदेशबाट २१ टिम र ९ ओटा ब्यवसायिक क्ल्बबाट र ३ अन्य गरि ३३ टिमको सहभागिता हुने आयोजकले जानकारी दिनु भयो।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.