Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

रेडक्रस कैलालीको जुनियर युवा गोष्ठी तयारीका लागि छलफल सम्पन्न

User Photo बिहिबार, जेष्ठ ४, २०८०
काठमाण्डौ ।

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा युवा रेडक्रस सर्कल जनता मावि गदरिया कैलालीको आतिथ्यतामा हुने कैलाली जिल्ला स्तरीय ३८औं जुनियर / युवा रेडक्रस गोष्ठीको तयारीका लागि छलफलको आयोजना गरिएको छ ।
मिति २०८० साल जेठ २६ र २७ गते कैलारी गाउँपालिकाको वडा नम्बर ९ गदरियामा रहेको जनता माविमा संचालन हुने उक्त गोष्ठीलाई सफल पार्नका लागि आज बिहिवार सरोकारवालाहरुबिच छलफल आयोजना गरिएको हो ।
आतिथ्य सर्कल जनता मावि गदरियाका शिक्षक नायक डिल्लीराम मिश्रको सभापतित्वमा विद्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निवर्तमान सभापति उत्तम जोशीले रेडक्रसको मेरुदण्डको रुपमा रहेको जुनियर तथा युवा सर्कलको क्षमता विकास गर्नका लागि जिल्ला स्तरीय जुनियर युवा गोष्टिले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै गोष्ठीको आतिथ्यताको जिम्मा लिने विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका कार्यवाहक मन्त्री राकेश हमालले स्थानीय श्रोत साधनको प्रयोग गरि जिम्मेवारी बाडफाड गर्दै गोष्ठी संचालक गर्नुपर्ने बताउँदै रेडक्रसको परम्परा अनुसार सबैको पारस्परिक सहयोग लिएर गोष्ठीलाई सफल बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एवम् जुनियर / युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले जुनियर तथा युवा रेडक्रस को जिल्ला स्तरीय गोष्ठी संचालनको जिम्मा लिने विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै यसलाई विद्यालयले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलारी उपशाखाका सभापति श्रीराम चौधरी , जनता मावी गदरियाका प्रधानाध्यापक सीताराम चौधरी, शिक्षक नायक डिल्लीराम मिश्र, गौरीगङा उपशाखाका सचिव भोज मन्नी, नेपाल रेडक्रस सोसाइटी कैलालीका लेखा प्रशासन सहायक मथुराप्रसाद तिमिल्सिना लगायतकाको उपस्थिति रहेको थियो ।
रेडक्रस अभियानका बारेमा जानकारी दिन, जुनियर तथा युवा रेडक्रस सर्कलको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिन तथा विपद व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गराउन हरेक वर्ष जिल्ला स्तरीय जुनियर युवा रेडक्रसको गोष्ठी संचालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एवम् जुनियर / युवा रेडक्रस समितिका संयोजक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.