Naya Media
सोमवार, मंसिर १, २०८२
| | November 16, 2025
सोमवार, मंसिर १, २०८२

मोहन्यालका मनकारी वडा अध्यक्ष प्रेम बुढा जसले विद्यालय लाई सहयोग गरे आफ्नो तलब भत्ता

User Photo
बुधबार, साउन १०, २०८०
काठमाण्डौ ।

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर बुढाले आफुले पाउने डेढ महिनाको तलब भत्ता विद्यालयलाइ सहयोग गरेका छ्न । वडा नम्बर १ को बडिका थाईमा रहेको मोहन्याल माध्यमिक विद्यालय लाई आफ्नो डेढ महिनाको ३४ हजार र चार जना वडा सदस्यको १६ हजार गरेर ५० हजार रकम आज विद्यालय लाई हस्तान्तरण गरेका हुन् । मोहन्याल माध्यामिक विद्यालय ४०० सय जना विद्यार्थी अध्यायन गर्छ्न जहाँ १६ जना शैक्षिक छ्न विद्यालयमा थाइ दरबन्दीमा शिक्षक छैनन भने प्राबी राहतमा ३ जना,माबी अनुदानमा २ जना र १ जना निमाबी बाहेक अरु सबै शिक्षल कर्मचारी निजि स्रोत बाट तलब खुवाइनु पर्ने बाध्यता छ । तिनै तहको सरकार बाट शिक्षकहरु लाई दिने पैसा आउदैन जसका कारण विद्यालय ठूलो संकटमा छ ।

बिगतमा नजिकका सामुदायिक बन बाट भएको सहयोगले तलब खादै आएका शिक्षक लाई यसपाली सामुदायिक बन बाट सहयोग नआउदा तलब खुवाउन समस्या भए पछि आफू लगायत जन प्रतिनिधिले सहयोग गरेको अध्यक्ष बुढाले बताए ।

विगतमा ५ वटा सामुदायिक बनले सहयोग गर्दै आएको भए पनि अहिले बनमा मुद्दा पर्दा बजेट व्यवस्थापन गरि तलब खुवाउन समस्या भएको र पालिकाले नहेरिदिएको स्कुलका अध्यक्ष भिम बहादुर बुढाले बताए ।

विद्यालयको अन्य स्रोत नभए पछि कर्मचारीको तलब र कार्यालय संचालनमा समस्या भएको विद्यालयका प्राध्यापकले बताए अब गाउँ पालिकाले अन्य पालिका जस्तै गाउँपालिका शिक्षक नियुक्ति गरेर तलब व्यवस्थापन गरिदिन पालिका लाई आग्रह गरे । वडा अध्यक्ष प्रेम बुढाको टिम जस्तै सबै जनप्रतिनिधि यस्ता कार्यमा लागेको भए निकै राम्रो शन्देस जाने थियो । शिक्षक लाई तलब व्यवस्थापन गर्न गाउँपालिकाले पनि केही सोच्न जरुरी छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.