Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

विकास योजना ढिलाइ बारे भौतिक मन्त्रीलाई पुर्व सांसद रावलको ध्यानाकर्षण

User Photo मङ्लबार, मंसिर २६, २०८०
कैलाली ।

कैलाली क्षेत्र नम्बर २ का पुर्व प्रतिनिधि सभा सदस्य झपट बहादुर रावलले कैलाली क्षेत्र नम्बर २ मा पछाडि परेका विकासे योजनामा कामहरु अगाडि बढाउन नेपाल सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छ्न । आज मन्त्रालय पुगेर रावलले निर्वाचन क्षेत्र रणनैतिक सडक चिसापानि,जङ्गलघाट,मंगलसैन सडकमा ठेक्का भइ काम संचालन भइ रहेका बेला सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमती नहुदा काम रोकिएको भन्दै ध्यानाकर्षण गराएका हुन ।

त्यस्तै साथै राष्ट्रिय गौरवको सेती लोकमार्ग अन्तर्गत टिकापुर बर्दगोरिया खिमडी सडक खण्ड, मेरो पालामा सुरुवात गरि काम अगाडी बढेर हाल अलपत्र परेका लम्की टिकापुर सडक र डुडेझारी टिकापुर सडक को निमर्माण कार्य पनि यथाशिघ्र अगाडी बढाउन सम्बन्धित विभागलाई निर्देशन दिन आग्रह गरेका छ्न ।

उनले हस्तान्तरण गरेको पत्र यस्तो छ

मन्त्री ज्यू,
मिति : २०८०/०८/२६
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार, काठमाण्डौ

विषय: ध्यानाकर्षण सम्बन्धमा ।
प्रस्तुत विषयमा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको पर्यटकीय स्थल कर्णाली चिसापानी देखि सुर्खेत • अछाम जोड्ने अत्यन्तै छोटो मार्गको रुपमा “चिसापानी गर्दै निवांचन क्षेत्र रणनैतिक सडक अन्तर्गत “चिसापानी मंगलसेन सडक रहेको छ। यही कुरालाई मध्यनजर कुइने सडक खण्ड स्तरोन्नति योजना कार्यान्वयनमा रहेको छ। चिसापानी कुइने सडक खण्डले सोल्टा खिमडी हुदै राष्ट्रिय गौरवको सेती लोकमार्ग सँग हुने कुरा पनि जानकारी गराउन चाहन्छु ।

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय र निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माण तथा संचालन मापदण्ड २०७७ बमोजिम म कैलाली जिल्ला निर्वाचन क्षेत्र न. २ को प्रतिनिधि सभा सदस्य हुँदा “चिसापानी कुइने सडक खण्ड” स्तरोन्नतिको लागि सिफारिस गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ब. उ.शि.नं. ३३७०११७६ अन्तर्गत राष्ट्रिय प्राथमिकता प्राप्त P1 योजनाको रुपमा सडक डिभिजन महेन्द्रनगर बाट निर्माण व्यावसायी दिव्यज्योती शाही जे भी संग मिति २०७९ ०४ ०३ मा ठेक्का सम्झौता गरि कार्यान्वयन भइरहेको अवस्था छ

उक्त सडक खण्ड स्तरोन्नतिको लागि स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन अनुसार हटाउनु पर्ने विभिन्न प्रजातिका ४७२ वटा रुखहरु र १२ हेक्टर जग्गा भोगाधिकारका लागि तहाँ मन्त्रालयले वन तथा वातावरण मन्त्रालयलाई मिति २०७९ ०५ १२.च.नं.५८ मिति २०७९/११/०४.च न १३६९ र मिलि २०८०/०८/०५, च न.१३४ गरि पटक पटक पत्राचार गरिसकेको छ। वन तथा भू-संरक्षण विभागबाट समेत विस्तृत अध्ययन भइ सिफारिस साथ पठाइएको उक्त फाइललाई अगाडी नबढाई विभिन्न कारण देखाई प्रक्रिया लम्ब्याउने काम गरेको देखिन्छ। प्रक्रियागत ढिलाइले गर्दा एकातिर त्यस क्षेत्रका जनताहरु सुरक्षित सडक प्रयोग गर्न पाउनु पर्ने अधिकार बाट बञ्चित भएका छन् भने अर्कोतर्फ सरकारको काम गर्ने शैली प्रति जनमानसमा नकारात्मक भावना बढ्दै गएको देखिन्छ। त्यसैले “चिसापानी कुइने सडक खण्ड निर्माण कार्य यथाशीघ्र अगाडी बढाउन सम्बन्धित विभागलाई निर्देशन गरिदिन अनुरोध गर्दछ ।

साथै राष्ट्रिय गौरवको सेती लोकमार्ग अन्तर्गत टिकापुर बर्दगोरिया खिमडी सडक खण्ड, मेरो पालामा सुरुवात गरि काम अगाडी बढेर हाल अलपत्र परेका लम्की टिकापुर सडक र डुडेझारी टिकापुर सडक को निमर्माण कार्य पनि यथाशिघ्र अगाडी बढाउन सम्बन्धित विभागलाई निर्देशन दिनुहुन माननीय मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु ।
झपट बहादुर रावल प्रतिनिधि सभा पूर्व सदस्य कैलाली २

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.