Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सिटिजन लाइफ इन्स्योरेन्स बौनिया शाखा द्वारा मृत्यु दाबी रकम हस्तान्तरण

User Photo सोमवार, पुस १६, २०८०
काठमाण्डौ ।

सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर १० लाख ६६ हजार ४ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीको बौनिया शाखा कार्यालयले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ५ चौरी निवासी स्वर्गीय कृष्ण बहादुर बडुवाल (महेश) कि श्रीमती निरुता पनेरुलाई मृत्यु दावी भुक्तानी बापतको चेक रकम हस्तान्तरण गरेको छ ।

स्वर्गीय कृष्ण बहादुर बडुवाल ले २०७७ साल मा पोलिसी नम्बर ७१२००००००१३७ नम्बरको १० को बिमा गरेका थिए । बीमा गरेको छोटो समयमा नै उनको गत २०८० साल ६ महिना १० गते आकस्मिक निधन भएको थियो ।

उक्त रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बौनियाँ शाखाप्रमुख खडग सि. गडसिला , लम्की शाखाप्रमुख पुर्ण प्रसाद घोडासैनी , सुखड शाखाप्रमुख मोहन कुमार शाह , शिक्षक ,पत्रकार र अन्य एजेन्सीका साथसाथै स्थानीय बासी हरु को उपस्थितिमा कम्पनीले चेक हस्तान्तरण गरेको हो ।

सो रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका बौनियाँ शाखा प्रमुख गडसिलाले बीमा गर्नु बचत ,दीर्घकालीन लगानीको साथसाथै आर्थिक सुरक्षा भएको बताउनुभयो ।

मृतक बीमितको श्रीमती निरुता पनेरुका अनुसार ‘बीमा डबल मात्र नभई गाह्रो पर्दा साथ दिने रैछ भन्ने कुरा मैले बुझें र सबैलाई बीमा गर्न आग्रह गर्नुको साथै सिटिजन लाइफ इन्स्योरेन्स लाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद बबिता चन्द लाई दिन चाहन्छु’ जसले मेरो घरमै आएर उक्त काम गरिदिनु भएको थियो उनले भनिन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.