Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्कीचुहाका १० वटै वडा अध्यक्षहरूले बजेटको विषयमा बसेको बैठक बहिष्कार गरे

User Photo बिहिबार, असार २०, २०८१
कैलाली ।

ढिलो गरि आगामी असार २५ गते बजेट ल्याउने तयारी गरेको लम्कीचुहा नगरपालिकाले बजेट बारे छ्लफल गर्न बिहीवार ४ बजे कार्यपालिका बैठक बोलायो ।

बजेटमा कुरा नमिल्दा वडा अध्यक्षले बैठक बहिस्कार गरेका छ्न । एक जना अध्यक्षले भने वडाले पाउनु पर्ने बजेटमा मेयरले मनोमानी गर्नु भयो मेयरलाई उप मेयरले पनि साथ दिनु भयो अनि बैठक बहिस्कार गर्यौ उनले थपे वडामा हामीले धेरै काम गर्नु पर्छ सामान्य समस्या वडा अध्यक्षले समाधान गर्नु पर्छ तेसको लागि वडाले चलाउन पाउने गरि १ करोड बजेट मागेका हौं तर मेयरले चालीस लाख मात्र वडा लाई दिने भन्नू भयो यो हामी लाई मान्य छैन ।

एक अर्का अध्यक्षले भने सधैं यस्तै हामी पेलिनु पर्ने पछिल्ला दुई बजेट त जे भए भए यसपाली सम्मान जनक बजेर आएन भने हामी बजेट पास गर्न पनि दिदौनौ ।

गत जेष्ठ २१ गते नगरपालिकाले नीति तथा कार्यक्रम पास गरि सकेको छ असार १० गते भित्र बजेट लाउनु पर्ने प्रावधान भए पनि ढिलो गरि असार २५ गते बजेट आउन लागेको छ ।

आउन लागेको बजेटमा मनोमानी र छेड्खानी भए बजेट कुनै हालतमा पास गर्न दिदैनौ एक अर्का अध्यक्षले भने ।

# कैलाली # समाचार # स्थानिय सरकार

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.