Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

विश्वप्रकाश बोल्दाबोल्दै देउवाको प्रतिवाद, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?’

देउवालाई विश्वप्रकाशको आग्रह : अब प्रधानमन्त्री नबन्नुस्

User Photo आइतवार, भदौ १६, २०८१
काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरे पछि सभापति शेरबहादुर देउवाले शर्माले प्रधानमन्त्री नबन्न गरेको आग्रह इन्कार गरेका छन् ।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताएका थिए ।

बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले आफू नबनेर पार्टीकै अर्को नेतालाई प्रधानमन्त्री बनाएर त्याग गर्न देउवालाई आग्रह गर्दै बोल्दाबोल्दै प्रतिवाद गर्दै देउवाले भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?’

शर्माले प्रधानमन्त्री कांग्रेसमा एकसे एक अग्रज नेताहरु भएकाले उनीहरु मध्ये कसैलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए ।

अरु नेतालाई प्रधानमन्त्री बनाउँदा हुने फाइदाबारे शर्माले भनेका थिए, ‘एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तिन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।

देउवासँग आग्रह गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’

 

# नेपाली कांग्रेस # राजनीति # विश्वप्रकाश शर्मा # शेर बहादुर देउवा

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.