टीकापुर नगरपालिका वडा नं. १ बाट प्रहरी को टाेलिले सुन चाँदि र गरगहना सहित आज दिउँसो बुधबार दिउँसो १२:३० मा २ जना महिला र पुरुष लाई पक्राउ गरेको छ ।
वडान १ को धर्मा जैशिको घरबाट बाजुरा बुढिगंगा नगरपालिका वडान १० का सुजन शाहि र जिल्ला कैलाली लम्कि चुहा नगरपालिका वडान ४ बस्ने रम्भा जैशिलाइ गरगहना, नगद र सवारीसाधन एफ जेड माेटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय का प्रबक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिह बोहरा ले बताउनुभयो ।
प्रबक्ता बोहोराका अनुसार शाहि र जैशिको साथमा रहेको कालो रंग को झोलाबाट चाँदि ५० ग्रामको सिक्का थान १, पत्थर सहितको हिराको औठि थान २ सुनको बेरुवा औठि थान १, सुनको सिक्री थान १, पानको पातको आकार सहितको सुनको सिक्री थान १, सुनको बिछिया थान २, सुनको कालो पोते भएको नागिनि माला, चारकुने टप १ जोर, स्टार जस्तो देखिने झुम्का थान १, कानमा लगाउने रिङ थान १, हिरा र सुन सहितको झुम्का र औंठि थान १ बरामद भएको र बरामद भएको सामान को परिक्षण हुने बताउनुभयो ।
प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कंचनपुर, जिल्ला प्रहरी कार्यालय कैलाली र इप्रका टीकापुरको संयुक्त टाेलिले उक्त सामान बरामद गरेको हो ।
बरामद भएको सामान ठुलो परिमाण मध्यको केहि अंश भएको बजारमा हल्ला भएपनि सामान बारे प्रहरी अनुसन्धानको क्रममा रहेकोले बरामद भएको सामान बारे एकिन हुन भने बाँकी रहेको छ ।

