Naya Media
बिहिबार, जेष्ठ ७, २०८३
| | May 21, 2026
बिहिबार, जेष्ठ ७, २०८३

देशभरका स्थानीय तहको वेबसाइट डाउन

User Photo बिहिबार, पुस ११, २०८१
काठमाण्डौ ।

देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ ।

काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्राविधिक कारण देखाउँदै स्थानीय तहका वेबसाइट नचलेको हो । ‘यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं,’ गाउँपालिकाहरूको वेबसाइटमा यस्तो भनिएको छ ।

यता, नगरपालिका र उपमहानगर तथा महानगरको वेबसाइटमा कुनै सूचनाविनै डाउन छ।

‘के कारणले साइट नचलेको हो भनेर प्राविधिक चेकजाँच भइरहेको छ। छिट्टै समस्या समाधान गर्न मन्त्रालयको प्राविधिक टोली खटिरहेको छ,’ संघीय मामिलाका प्रवक्ता पराजुलीले अनलाइनखबरसँग भने।

केही पालिकाको आजबाट नचलेको भने केहीको हिजैदेखि वेबसाइट डाउन छ। वेबसाइट नचल्दा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ ।

पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरूमा लगातार समस्या आइरहेको छ।

# समाचार # सरकारी वेबसाइट डाउन

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.