Naya Media
शनिबार, फाल्गुन ९, २०८२
| | February 21, 2026
शनिबार, फाल्गुन ९, २०८२

होली खेल्‍ने क्रममा युवकको हत्या, सडकमा शव राखेर आफन्तको प्रदर्शन

User Photo आइतवार, चैत्र ३, २०८१
काठमाण्डौ ।

होली खेल्‍ने क्रममा छुरा प्रहारबाट युवकको हत्या भएपछि उनका आफन्त र स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।

जनकपुरको जलेश्वर सडकखण्डमा १८ वर्षीय आशु यादवको शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरूले युवकको शवसहित जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।

उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए ।

उनका अनुासर अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो ।

आशुको शव आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि शव बुझेर लगेका आफन्तसहित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।

# चाडपर्व # समाचार # हत्या # होली

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.