Naya Media
शनिबार, फाल्गुन ९, २०८२
| | February 21, 2026
शनिबार, फाल्गुन ९, २०८२

जुवातास खेलेको आरोपमा काठमाडौं बाट १२ जना पक्राउ

User Photo बिहिबार, साउन २२, २०८२
काठमाण्डौ ।

जुवातास खेलेको आरोपमा काठमाडौं दुई फरक ठाउँबाट १२ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका– १६ नागरिक बजारस्थित एक होटलबाट पाँच जना पक्राउ परेका छन् ।

धादिङको गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३५ रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपलिका–१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका–१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३०० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।

# काठमाडौं # जुवा # जुवातास # पक्राउ

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.