Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

जापानको फुकुशिमामा नेपाली विद्यार्थीहरूद्वारा सांस्कृतिक विविधता प्रस्तुत

User Photo सोमवार, भदौ ९, २०८२
काठमाण्डौ ।

फुकुशिमा (जापान)। जापानको फुकुशिमा स्थित FSG कलेजमा आयोजित 学園祭 (कलेज फेस्टिभल) नेपाली रंगमा रंगिएको छ। कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपालको परम्परागत पोशाक, राष्ट्रिय झण्डा र सांस्कृतिक विविधता प्रस्तुत गरी नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेका हुन्।

 कार्यक्रममा सहभागी नेपाली विद्यार्थीहरूले नेपालको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पहिचानबारे जानकारी दिँदै नेपालको बिषेशता दर्शाउने प्रस्तुति गरेका थिए। उनीहरूले नेपालको हिमाल, पहाड र तराई क्षेत्रको सामाजिक र सांस्कृतिक विविधता, परम्परागत लुगा, भाषा, धर्म र उत्सवहरूबारे सहभागीलाई अवगत गराएका थिए।

नेपाली विद्यार्थीहरूको यो प्रस्तुति हेर्न आएका जापानी नागरिक मात्र होइन, विभिन्न देशका विद्यार्थी र पर्यटकहरू पनि आकर्षित भएका थिए। विशेषगरी, नेपाली ढाका टोपी, गुन्यू–चोली, दौरा–सुरुवाल, साथमा फहराइरहेको राष्ट्रिय झण्डा र सांस्कृतिक झलकहरूले सबैको ध्यान तानेको थियो।

आयोजकहरूले यस्ता कार्यक्रममा सहभागी भएर नेपाली विद्यार्थीहरूले नेपाल र जापानबीचको मित्रता अझ प्रगाढ बनाउन सहयोग पुगेको बताएका छन्। उनीहरूको भनाइमा, “नेपाल जस्तो विविध संस्कृतिको देशको प्रस्तुति फुकुशिमामा हुनु, अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी समझदारी बलियो बनाउन महत्त्वपूर्ण अवसर बनेको छ।”

यस अवसरमा नेपाली विद्यार्थी प्रविण आचार्यले नेपालको सांस्कृतिक सम्पदा, सामाजिक विविधता र देशको मौलिकता बारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। प्रकृति प्रेमी आचार्य नेपालमा रहँदा विभिन्न सामाजिक जिम्मेवारी निर्वाह गरिसकेका व्यक्तित्व हुन्। हाल जापानमा अध्ययनरत भए पनि उनी सामाजिक भावनाप्रति गहिरो प्रतिबद्ध रहँदै आएका छन्। उनका अनुसार, “जहाँ भए पनि, आफ्नो संस्कृति र पहिचानलाई जगेर्ना गर्नु प्रत्येक नेपालीको जिम्मेवारी हो।”

विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम र अभिव्यक्तिले फुकुशिमाको कलेज फेस्टिभललाई थप जीवन्त बनाएको थियो। सहभागीहरूले नेपालबारे प्रत्यक्ष अनुभव गर्न पाएको भन्दै खुशी व्यक्त गरे।

नेपाल र जापानबीच कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन विद्यार्थी स्तरमै यस्ता पहलहरू निरन्तर भइरहनु पर्ने आवाज पनि उठेको छ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.