Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

विद्युतीय कसूरको आरोप लागेका ऐन महर हाजिर जमानीमा छुटे

User Photo बुधबार, भदौ ११, २०८२
काठमाण्डौ ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसूर गरेको आरोप लागेका महर बुधबार अपराह्न हाजिर जमानीमा छुटेका हुन्।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बयान लिने काम सकेपछि उनलाई हाजिर जमानीमा राखिएको बताए ।

एक युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको खबर पछि बुधबार बिहान महर प्रहरीमा उपस्थित भएका थिए। युवतीले भदौ ३ गते हुकालमार्फत् प्रहरी कार्यालयमा जाहेरी पठाएकी थिइन्। ८ गते कार्यालयले ब्युरोले पीडितलाई बोलाएर जाहेरी सनाखत गराएको थियो।

ऐन महरसहित उनका परिवारले आफूमाथि अपशब्द र विभिन्न लाल्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोष्ट गर्ने गरेको आरोप युवतीको आरोप छ।

उनले चरित्रहत्या गरेको कसूरमा महरविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाही माग गर्दै उजुरी दिएकी थिइन्।

प्रहरीमा आफै उपस्थित भएका महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले गरेको हो।

# ऐन महर # विद्युतीय कारोबार # हाजिर जमानीमा

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.