Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निकटतम प्रतिद्वन्दी भन्दा तीन गुणा बढी मतका साथ विजयी

User Photo शनिबार, फाल्गुन २३, २०८२
काठमाण्डौ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन् ।

एउटा मात्र निर्वाचन क्षत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेद्वार पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन् ।

पुनले २२ हजार ८५० मत प्राप्त गरि विजयी हुंदा उनका प्रतिद्वन्दी हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६७६ मत प्राप्त प्राप्त गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३५२९ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । कुल ८६ हजार,३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

 

यो पनि

# महावीर पुन # म्याग्दी # स्वतन्त्र उम्मेद्वार

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.