काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित जेष्ठ १२ गते राति अन्दाजी ९ बजे एक होटलको बाथरुममा नाम थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिला नग्न अवस्थामा फेला परेकी छन्।
स्रोतका अनुसार बाथरुमको चुक्कुल नलगाएको अवस्थामा महिलाको शव फेला परेको हो। प्रहरी वृत्त लैनचौर बाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ ।
हालसम्म पनि शवको पहिचान हुन नसकेको स्रोतले जनाएको छ ।
