Naya Media
आइतवार, असार १४, २०८३
| | June 28, 2026
आइतवार, असार १४, २०८३

राजा महेन्द्रकाे कामकाे मन्त्री द्वारा प्रशंसा, “अहिले सरकारी निकाय निष्क्रिय हुदा प्रगती भएन”

User Photo शुक्रबार, चैत्र २२, २०७५

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा तत्कालीन राजा महेन्द्रले राम्रो शुरुवात गर्न खाेजेको बताएका छन् ।

५५ वर्षअघि राजा महेन्द्रले देशभर कृषि उत्पादन बढाउन व्यवसायीकरणको प्रयास गरेका तर पञ्चायत ढलेको धेरै वर्षसम्म पनि प्रगति हुन नसकेको उनले बताए ।

शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले सम्बन्धित सरकारी निकाय निष्क्रिय हुँदा कृषिमा उल्लेख्य प्रगति गर्न नसकेको खुलाए । ‘५५ वर्षअघि राजा महेन्द्रले कृषिमा देशैभरी राम्रो गर्न खाजेका रहेछन्,चीन, रुसतिरबाट बुझेर पनि होला तर हामीले केही गर्न सकेका रहेनछौं’ मन्त्री खनालले भने ‘ब्युराक्रेसी र अति न्यून वजेटका कारण कृषिमा प्रगति हुन सकेन ।’

६५ प्रतिशत जनसंख्यालाई २.९ प्रतिशत वजेट छुट्टयाएर कृषिमा कसरी कृषिमा आत्मनिर्भर हुन सकिन्छ भन्दै मन्त्री खनालले विदेशमा ५ प्रतिशत जनसंख्या कृषिमा संलग्न देशले ११ प्रतिशतसम्म वजेट छुट्टाएकाले राम्रो गरेको बताए ।

उनले झण्डै डेढ खर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध हुन नसक्ने पनि जिकिर गरे । ‘एक सय ४० अर्बको खाद्यान्न आयात गरेर मुलुक कसरी समृद्ध बन्न सक्छ ?’ मन्त्री खनालले प्रश्न गरे ।

कृषिमा आश्रित जनसंख्या ६५ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने, कृषिमा वजेट बढाउनुपर्ने र आधुनिकीकरण गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए । जमिनको खण्डीकरण बढ्नु र जग्गाको वर्गीकरण गर्न नसक्दा कृषियोग्य जमिन घट्दै गएको मन्त्रीले औंल्याए ।

कृषिका लागि नेपाल ज्यादै उर्बर भूमि भए पनि उचित व्यवस्थापन हुन नसकेको बताए । दक्षिण कोरियाको शैलीमा विदेश जाने जनशक्तिको आम्दानीलाई सरकारले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने मात्रै कृषिमा फड्को मार्न सकिने उनले बताए ।

नेपालमा कफी उत्पादन ५ सय मेट्रिक टन र माग ११ सय टन रहेकाले अवसर प्रशस्त रहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.