Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

विषादीयुक्त भारतीय आँप बजारमा छ्याप छ्याप्ती, नखान चिकित्सककाे आग्रह

User Photo बिहिबार, जेष्ठ २३, २०७६
काठमाण्डाै ।

विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप नेपाली बजारमा बिक्री भइरहेको भन्दै उपयोग नगर्न आग्रह गरिएको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप बजारमा बिक्री वितरण भइरहेको हो ।

वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष विदुर गुप्ताले भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप विषादीयुक्त रहेको बताएका छन् । भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन्। भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको उनले बताए ।

नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले यसरी विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने हुँदा प्रयोग नगर्न सुझावसमेत दिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.