Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

सलमानले पुर्वप्रेमिका नै राेजेपछी रिसार्इन ज्याकलिन

User Photo मङ्लबार, भदौ ५, २०७५

सलमान खानको फिल्म ‘भारत’ बाट नायिका प्रियंका चोपडा बाहिर निस्किएपछि त्यो रोलमा धेरै नायिकाहरुले आँखा लाएका थिए । जसमध्ये एक थिइन् ज्याकलिन फर्नान्डिस ।

सलमानसँग राम्रो सम्वन्ध भएकाले ज्याकलिनले आफूलाई अफर आउने आशा गरेकी थिइन् । सलमान र ज्याकलिनले अभिनय गरेको फिल्म ‘रेस ३’ भर्खरै मात्रै प्रदर्शन भएकाे हो । यो फिल्मले उत्साजनक नभए पनि सन्तोषजनक व्यापार गरेको थियो ।

तर, ज्याकलिनको आशाविपरित यो प्रियंकाले छोडेको रोलमा सलमानले कट्रिना कैफलाई मौका दिए । कट्रिना उनकी पूर्वप्रेमिका हुन् । त्यसो त सलमानले सुरुमा ज्याकलिनलाई लिने सोच बनाएको चर्चा पनि थियो । तर, के कारणले हो उनी कटि्रनातर्फ मोडिए । यसबाट ज्याकलिन सलमानप्रति निराश बनेकी छन् ।

श्रीलंकन नागरिक ज्याकलिन २००९ मा बनेको फिल्म ‘अलादिन’ बाट बलिउडमा आएकी हुन् । उनले पहिलो सफलता चाहिँ महेश भट्टको ‘मर्डर २’ बाट पाइन् । सन् २०१४ मा उनले सलमान खानसँग ‘किक’ मा काम गरेकी थिइन् । यो फिल्म निकै सफल भयो । सलमान खानको ‘द ब्याङ’ टुुरको सदस्य पनि हुन् ज्याकलिन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.