Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

दशैंलाई लक्षित गर्दै बनेपा महोत्सव : मुख्य आकर्षण ऊँटको नृत्य

User Photo
बुधबार, अशोज १०, २०७५

काभ्रेको बनेपामा बनेपा महोत्सव २०७५ आयोजना हुने भएको छ । बीबीसी (बनेपा ब्वाइ क्लव)को आयोजनामा महोत्सव हुन लागेको हो । आगामी असोज ११ गतेदेखि २१ गतेसम्म दशैंको अवसर पारेर बनेपास्थित गोदामचोकमा महोत्सव आयोजना गरिने क्लबका अध्यक्ष महेश कर्मचार्यले बताए ।

महोत्सवको मुख्य आकर्षण ऊँटको नृत्यलाई लिइएको छ । स्थापनाकालदेखि फुटबल खेलको आयोजना गर्दै आएका बनेपा ब्वाइज क्लबले अघिल्लो वर्षदेखि महोत्सव गर्न थालेको थियो । क्लबले यस वर्ष ‘हाम्रो अभियान, खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा कृषि, घरेलु सामग्रीसहितको १ सयभन्दा बढी ब्यापारिक स्टल रहने बताइएको छ । दशैं लक्षित सुपथ मूल्य पसल र स्थानीय उत्पादनका सामग्रीसमेत राखिने आयोजकले बताइएको छ । महोत्सवमा पोखराको थकाली खानादेखि कोरियन प्रविधिबाट बनाइएको विभिन्न खानाका परिकार समावेश गरेको आयोजकले बताएका छन् । बालबालिकाको मनोरञ्जनको लागि बाल उद्यानसहित विभिन्न मनोरञ्जनस्थलको व्यवस्था रहेको बताइएको छ । प्रत्येक दिन चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले बताएको छ ।

असोज ११ गतेको उद्घाटन समारोहमा स्थानीय संस्कृति झल्कने बाजागाजा, नाच, झाँकी र र्‍यालीसहित प्रदर्शन गर्ने तयारी रहेको संस्थाका अध्यक्ष महेश कर्माचार्यले बताए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.