गजल- अर्थहिन परिश्रमको चलनले, गलेको छ मन

बिहिबार, चैत्र २७, २०७६, । 

ईर्ष्या र डाहाको जलनले, जलेको छ मन
अर्थहिन परिश्रमको चलनले, गलेको छ मन ।

दिक्क लाग्दो छ बिहान दिक्कलाग्दो छ साँझ
तितो वितृष्णा अनि बिचलनले, ढलेको छ मन ।

असंतुष्ट मन अनि असंतुष्ट तन असंतुष्टै छ बदन
मात्र अहंकारको बिउ बिजनले, फलेको छ मन ।

हड्डीहरु गलेका छन लखतरान छन अंगहरु
जसोतसो आशारुपी इन्धनले, चलेको छ मन ।

लतार्नु छ जिन्दगीलाई उकाली ओराली हरुमा
त्यसैले होला कचकच र गनगनले, बलेको छ मन ।

  • एन. पी. खतिवडा

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

एन. पी. खतिवडा

एन .पी .खतिवडा, ट्रिनिनी इन्टरनेसनल कलेज, काठमाण्डाैका अंग्रजी विषयका लेक्चर हुन ।

View more articles by: एन. पी. खतिवडा

एन. पी. खतिवडा

बिहिबार, चैत्र २७, २०७६ (April 9, 2020, 9:17 am) मा द्वारा कला/साहित्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै