Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

कविता : मेरी आमाको अंक गणित

User Photo बुधबार, बैशाख १०, २०७७

कविता

मेरी आमाको अंक गणित

अक्सर
मलाई शून्यतम लागिरहने
जिन्दगीका हरेक गोरेटोहरु
मेरी आमालाई बहुमुल्य लाग्छन्
बेलाबखत
बिना कुनै प्रमाणित घडी
समयको घेरामा बस्न सिकाउनु
म बेरोजागरलाई
साथी भाइहरूले लाखौं कमाएको
आफूले लिने दिने गरेको
सय कडा तीनको हिसाबकिताब
बिना पिटिआर बाइ हन्ड्रेड
औलाको क्याल्कुलेटर ले दुरुस्त मिलाउनु
गज्जबको छ मेरी आमाको अंक गणित

इतर समयमा
मैले किनेको हजारौंको मोबाइलमा बल्ल सात बज्छ
उता भने आमाको हृदयमा साढे आठ बजिसक्छ
जहाँ
छोरो समयमै डेरामा फर्कियोस
आमा एउटा रोटी थप्नुपर्यो भन्दा
खै कुन हिसाबले हो दुई रोटी थपिदिन्छिन
एक डाडु तिउनको साटो
एक कचौरा तिउन राखिदिनु
एक मुठ्ठी भटमास माग्दा
एक गोजी भरिदिनु
खै कुन अंक गणित हो!
प्रत्येक
वसन्तहरु आफ्नो चक्र पुरा गर्न
मेरो घर आगनमै आइपुग्दा
म सोच्दछु बिस्तारै बिस्तारै पाको भइरहेको
तर
मेरी आमाको ममताको अंक गणितले
मलाई बालापन तिर धकेलिरहेको हुन्छ

  • धर्मराज न्यौपाने “अतीत”, लम्की चुहा- २,  कैलाली
    हाल काठमाडौ


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.