फिल्म प्रचारका लागि स्कुल, कलेजमा स्वस्तिमा

फिल्म जय ‘भोले’ टिमले फिल्मको प्रचार थालेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले प्रचार सुरु गरेको हो। फिल्म आगामी ३० असोज घटस्थापनाबाट प्रदर्शनमा आउँनेछ।

प्रचारका लागि टिम स्कुल तथा कलेज पुगेका छन्। फिल्मका कलाकारहरुले स्कुल कलेजका विधार्थीहरुलाई फिल्मबारे जानकी दिएका छन्।अभिनेता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता/निर्देशक अशोक शर्मा लगायतको टिमले स्कुल/कलेजमा पुगेर विधार्थीहरुसँग साक्षात्कार गर्दैछन्।

टिमले तीन दिनमा लिटिल एञ्जल हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेगा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवन, एसएम कलेज घट्टेकुलो, इपिएस स्कुल मिन भवन, एसिई हाइयर सेकेन्डरी मिन भवन लगायतका विधार्थीहरुसँग साक्षात्कार गरेका छन्।

दशैंको विदामा विधार्थीहरुलाई यो फिल्म हेर्नका लागि उत्साह दिन फिल्म टिम स्कुल/कलेज पुगेको निर्देशक शर्माले बताए।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
आइत, अशोज १४, २०७५ (September 30, 2018, 12:56 pm) मा द्वारा मनाेरञ्जन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै