एक साताअघिमात्रै हेमराज बीसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’ युट्युबमा सार्वजनिक गरियो । आना शर्मा, आशिरमान देशराज जोशी, संयम पुरी लगायतका कलाकारको अभिनय रहेको चलचित्रले छोटो समयमै राम्रो भ्युज कमाएर केही दिन ट्रेन्डिङ नम्बर १ मा बस्न सफल रह्यो ।
हलमा पानी पनि भन्न नपाएको चलचित्रलाई युट्युबमा सार्वजनिक भएको एक सातामै १८ लाखभन्दा बढी पटक हेरिएको छ । हलमा सुपर फ्लप यो चलचित्र युट्युबमा भने हिट भइदियो ।
तुलसी घिमिरे निर्देशित पछिल्लो चलचित्र ‘दर्पण छाँया–२’ हेर्न हलसम्म दर्शक पुगेनन् । अन्नतः चलचित्र फ्लपको लिस्टमा दर्ज भयो । केही महिनापछि चलचित्रलाई युट्युबमा सार्वजनिक गरियो । चलचित्रले राम्रो भ्युज पाउँदै केही दिन ट्रेन्डिङ नम्बर १ मा बस्न सफल रह्यो ।
नायिका रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र ʻरुद्रप्रियाʼले हलमा दर्शकको साथ पाएन । हलमा राम्रो कमाइ गर्न नसकेको यो चलचित्रले युट्युबमा भने राम्रै भ्युज पायो ।
निरक पौडेल निर्देशित चलचित्र ʻहोमवर्कʼको अवस्था पनि उही रह्यो । आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित चलचित्र हलमा हेर्न दर्शकले खासै रुचि देखाएनन् । पछि युट्युबमा भने चलचित्रले राम्रै भ्युज पायो ।
यी त केही समय पहिले प्रदर्शनमा आएको नेपाली चलचित्रका उदाहरण हुन् । वर्षमा १ सयभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आउँछन् । तिमध्ये ९० प्रतिशत फ्लप हुन्छन् । तर युट्युबमा प्रायः चलचित्रले राम्रो भ्युज पाउँदै आएका छन् ।
हलमा चलचित्र नचल्नुको कारण युट्युबमा चलचित्र सार्वजनिक गरिनु त होइन् ? पछि युट्युबमा आइहाल्छ र ʻफ्रीʼमा हेर्न पाइन्छ भनेर दर्शक हलसम्म नतानिएका त होइनन् ? कलाकार दीपकराज गिरी यसमा सहमति जनाउँछन् ।
यही सोचेरै दीपकले असोज २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ʻछक्का–पञ्जा–३ʼ युट्युबमा नल्याउने घोषणा गरिसकेका छन् ।
दर्शकमा युट्युबमा आइहाल्छ भनेर हलसम्म नजाने प्रवृत्ति रहेको बताउँदै त्यो प्रवृत्तिमा कमी ल्याउन पनि यस्तो निर्णय लिइएको दीपक बताउँछन् । उनी युट्युब रिलिज गर्ने प्रवृत्तिले राम्रा चलचित्रहरू पनि मारमा पर्दै आइरहेको बताउँछन् ।
यता हाल प्रदर्शनरत चलचित्र ʻइन्टु मिन्टु लन्डनमाʼ निर्देशक रेनाशा बान्तवा राईले पनि दीपकको ट्रेन्डलाई फ्लो गर्दै चलचित्र युट्युबमा नल्याउने घोषणा गरिन् । उनी पनि युट्युबले चलचित्रको बजार बिगारेकोमा सहमति जनाउँछिन् ।
लोकान्तरसँगको कुराकानीमा उनले भनिन्, ʻयुट्युबमा आइहाल्छ भनेर कुरेर बस्ने दर्शकहरू पनि हुनुहुन्छ, जसका कारण रिलिजको समयमा हलको व्यापारलाई धेरै कम गरिरहेको छ ।ʼ
उनले आफ्नो चलचित्रलाई भिडियो साझेदारी साइट ʻनेटफिक्सʼमार्फत् ल्याउने बताइन् । ʻहामी युट्युबभन्दा ʻनेट फिक्सʼमा इन्ट्री गराउने भनेर लागिपरेका छौं । त्यो नेपाली चलचित्रका लागि ठूलो अवसर पनि हो ।ʼ
करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका चलचित्र युट्युबमा सर्वसुलभ हेर्न मिल्ने गरी सार्वजनिक गर्ने प्रवृत्ति नै गलत रहेको बताउँछिन् ।
ʻमलेसिया, कतार लगायतका देशमा धेरै संख्यामा नेपालीहरू रहेका छन्, तर त्यहाँ नेपाली चलचित्रको त्यति डिमान्ड भएको पाइँदैन,ʼ उनले भनिन् ʻत्यसको कारण भनेको युट्युबमा सर्वसुलभ नेपाली चलचित्र हेर्न पाइनु हो । त्यो त निर्मातालाई नै घाटा हो नि साथमा समग्र चलचित्र क्षेत्रलाई नै ।ʼ
कुनै समय थियो, दर्शकलाई नयाँ नेपाली चलचित्र हेर्न हलसम्म पुग्नुको विकल्प थिएन । अहिले समय फेरिएको छ । प्रविधिको विकाससंगै दर्शकहरू युट्युबमा नयाँ चलचित्रको प्रतिक्षा गर्न थालेका छन् ।
यसले हलको व्यापारमा कमी ल्याउन थालेको छ ।
ʻछक्का पञ्जा ३ʼ र ʻइन्टु मिन्टु लन्डनमाʼयुट्युबमा नल्याउने घोषणा गरिएसँगै अहिले यो विषयमा राम्रै बहस शुरू भएको छ ।
अन्य चलचित्रकर्मीलाई पनि यस विषयले एकपटक सोच्न बाध्य बनाएको छ । के यी दुई चलचित्रको युट्युबमा रिलिज नगरिने घोषणा कार्यान्वयन होला ? अरु निर्माताले पनि यो ट्रेन्डलाई फलो गर्लान् ? प्रतिक्षा गरौं ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द