Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

‘राधा २’ मा प्रियंकाको जोडी आयुष्मान !

User Photo मङ्लबार, अशोज १६, २०७५

पछिल्लो समय नायिका प्रियंका कार्की र उनका हुनेवाला श्रीमान अर्थात नायक आयुष्मान देशराज जोशी बेला बेलामा चर्चामा आउने गरेका छन् ।

उनीहरुको टिकोटालो भइसकेको छ । विवाह भने अर्को वर्ष अर्थात २०७६ मा हुने बताइएको छ । यी दुवैले अभिनय गरेको चलचित्र ‘कथा काठमाडौं’ यतिबेला प्रदर्शनमा छ । चलचित्रमा दुवैले अभिनय गरेको भए पनि उनीहरुको जोडी भने अर्कै छन् ।

चलचित्रमा अभिनेता प्रमोद अग्रहरीसँग दिएको बोल्ड सिनले प्रियंकाले विभिन्न आरोप प्रत्यारोपहरुको सामना गर्नु परेको थियो । यो जोडीले चलचित्र चंगा चेटमा पनि सँगै काम गरेको छ ।

यसैबीच प्रियंका र आयुष्मानको जोडीलाई चलचित्र ‘राधा २’ मा पनि देखिने पक्का भएको छ । अभिनेत्री प्रियंकाले चलचित्र ‘राधा २’ का निम्ति पहिले नै लिखित सम्झौता गरिसकेकी थिइन् । तर आयुष्मानलाई भने पछि अनुबन्धित गरिएको बुझिएको छ । उनीसँग पनि लिखित सम्झौता नै भइसकेको बताइएको छ ।

चलचित्र ‘राधा २’ को निर्देशन योगेश घिमिरेले गर्ने बुझिएको छ । ‘सुरुवातमा अन्य अभिनेताको खोजी नगरेको हैन तर यस रोल आयुष्मानलाई नै सुट गर्ने भएकाले उनीलाई नै लिइएको हो’, निर्देशक घिमिरेको भनेका छन् ।

म्युजिकल लभ स्टोरीको शैलीमा निर्माण हुन लागेको चलचित्र ‘राधा २’ राधाकै सिक्वेलका रुपमा बनाउन लागिएको हो । यसअघिको चलचित्र राधामा अभिनेता जीवन लुइटेल र संचित लुइटेलले रोमान्स गरेका थिए । चलचित्रको छायंकन कार्तिक ८ गतेबाट सुरु गर्ने तयारी भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.