Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

हलका कारण फिल्म चलेन: अभिनेत्री रेखा

User Photo शुक्रबार, अशोज ३, २०७६
काठमाण्डाै ।

काठमाडौं । अभिनेत्री रेखा थापाले चलचित्र घर राम्रो नभएका कारण पनि नेपाली फिल्मले दर्शकको माया नपाएको बताएकी छन् ।

‘अनुहार नबुझिने पर्दा, बस्न गाह्रो कुर्सी र नियमित सरसफाई नहुने अझै चलचित्र घर छन्,’ रेखाले भनिन् ‘ फिल्म नचल्नुमा म हलको पनि दोष देख्छु ।’

‘महङ्गो मूल्यमा टिकट काटेपछि राम्रो सुविधा पाउनुपर्यो । यो दर्शकको अधिकार पनि हो,’ उनले थपिन्, ‘हलको अवस्थाका कारण पनि दर्शकले फिल्म हेर्न छाडेको हुन् । त्यसको प्रत्यक्ष असर नेपाली फिल्मको व्यापारमा परेको छ ।’

बिहिबारबाट नयाँ बानेश्वरमा सञ्चालनमा आएको वान सिनेमाज् हलको उद्घाटन कार्यक्रममा सहभागि रेखाले दर्शकलाई आकर्षित गर्न देशभर स्तरीय हल सञ्चालनमा आउनुपर्ने धारणा राखिन् ।

उनले पुराना हलहरुले आफ्नो स्तरोउन्नतीमा ध्यान नदिएका कारण अहिले नेपालमा मल्टीप्लेक्सको तीव्र रुपमा विकास हुन थालेका बताइन् ।

‘फिल्म राम्रो बनाएर मात्र हुँदैन । त्यसलाई देखाउनका लागि राम्रो पर्दा पनि चाँहिन्छ’ । देशभरका धेरै हलले दर्शकमाथि अन्याय गरेको समेत आफूले महशुस गरेको उनले सोही अवसरमा भनाइ राखिन् ।

त्यस्तै, कार्यक्रममा निर्देशक समेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले अहिले दर्शकको पहिलो रोजाई मल्टीप्लेक्स बन्ने गरेको बताइन् ।

‘मल्टीप्लेक्स नेपाली फिल्मको व्यापारमा ठूलो सहयोग पुर्याएको छ,’ निरौलाले भनिन्, ‘नेपालमा अझै सुविधायूक्त हलको आवश्यकता छ ।’

देशैभर मल्टीप्लेक्स विस्तार गर्न सकेमात्र फिल्मले दर्शक पाउने उनको भनाई रहेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.