Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

चलचित्र ‘आमा’ काे आज ट्रेलर सार्वजनिक, मिथिलाकाे बेजाेड अभिनय

‘पशुपति प्रसाद’पछि दर्शकले खोजेको चलचित्र बनाएको दाबी निर्देशककाे दाबि

User Photo बिहिबार, पुस ३, २०७६
काठमाण्डाै ।

फागुण ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आमा’ काे आज ट्रेलर सार्वजनिक भएकाे छ । मिथिला शर्मा चलचित्रको शिर्ष भूमिकामा छिन् । उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् । चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा दिपेन्द्र के खनालको छायांकन, लेखन र निर्देशन छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् । दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको यो चलचित्रलाई डीएस डीजीटलको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रका सहायक निर्देशक सन्तोष अधिकारी हुन् । चलचित्र ‘आमा’को ट्रेलरमा शिर्ष भूमिकामा काम गरेकी कलाकार मिथिला शर्माको बेजोड अभिनय देख्न सकिन्छ ।

अस्पतालमा मस्तिष्कमा रगत जमेर अचेत अवस्थामा रहेका बाबु । श्रीमान्को अप्रेशनका लागि संघर्षरत श्रीमति र विवाहित छोरी । यही कथामा बनेकाे याे चलचित्र निकै मार्मिक रहेकाे ट्रेलरमा देखिन्छ । आफ्नो बाबु आमाका लागि छोरा मात्र नभएर छोरीले पनि अहंम भूमिका खेल्न सक्छन् भन्ने भाव चलचित्रको ट्रेलरले बोकेको छ ।

चलचित्र ‘पशुपति प्रसाद’पछि दर्शकले खोजेको चलचित्र बनाएको दाबी गर्दै आएका दीपेन्द्र के खनालले यसपटक आफ्नो दाबीलाई वास्तविकतामा बदलेका छन् कि छैनन त्याे चलचित्र रिलिज पछी थाहा हुने नै छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.