फिल्म ‘मास्टर’

साउथ सुपरस्टार दुई विजय द्वारा अभिनित फिल्म ‘मास्टर’ले एक हप्तामा कमायाे एक करोड ५० लाख

एक हप्ताअघि रिलिज भएको साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले विश्वभरबाट एक करोड ५० लाख रुपैयाँ कमाउन सफल भएको छ।

छोटो समयमै कोरोना महामारीका बीचमा पनि यो सिनेमाले सबै भन्दा राम्रो कमाई गर्न सफल भएको हो। १४ जनवरीमा रिलीज भएको फिल्मले कमाईको नयाँ रेकर्ड स्थापित गरेको छ।

लोकेश कनागराजको निर्देशनमा बनेको फिल्म तमिल, तेलुगु र कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो। फिल्मले तमिलनाडुमा मात्र ९६ करोड कमाएको छ। केरला र कर्नाटकमा यसको आम्दानी १४ करोड बढी भएको बताइएको छ। तेलन्गाना र आन्ध्रा प्रदेशमा फिल्मले २४ करोड बढी कमाएको छ। फिल्मले ओवरसिज मार्केटबाट पनि कमाउन सफल भएको छ।

फिल्ममा विजय, विजय सेतुपतिको अलवा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास, नसीर मुख्य भूमिकामा रहेका छन्।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, माघ ८, २०७७ (January 21, 2021, 9:29 am) मा द्वारा फिल्मी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै