Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

चितवनमा दुई किशोरी सामुहिक बलात्कृत, ७ युवक पक्राउ

User Photo
सोमवार, भदौ ४, २०७५

चितवन । चितवनमा दुई किशोरी सामुहिक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । दुर्इ छुट्टाछु्ट्टै घटनाका अारोपी ७ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका-४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नः २ का १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नः ११ का २० वर्षीय आकाश थापा, महानगरपालिका वडा नः २९ का ३५ वर्षीय अर्जुन वि.क र अर्का १७ वर्षीय बालक छन् ।

घटना साउन ३० गतेको भएपनि पीडितका आफन्तले भदौं १ गतेमात्र प्रहरीमा जाहेरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले युवाहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवक रहेको र उनीहरुले मादकपदार्थ सेवन गरी किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिएपनि थप जानकारी अनुसन्धानपछि मात्र हुने उनले बताए ।

घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । किशोरीको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । तर, रिर्पोट भने आइनसकेको प्रहरीले जनाएको छ ।

माडीमा अर्की किशोरी बलात्कृत

चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

किशोरीलाई बलात्कार गरेको भन्दैं दुईजना युवकलाई प्रहरीले भदौं १ गते गिरफ्तार गरेको छ ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा माडी नगरपालिका-३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतो रहेछन् ।

घरतर्फ जाँदै गरेकी किशोरीलाई मोटरसाइकलमा आएका दुईजना युवाले घर पुर्‍याइदिने भन्दैं एकान्त स्थानमा लगेर बलत्कार गरेको प्रहरीले बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.