Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

नेकपाका प्रवक्ता विश्वकर्मालाई पुन ३ दिन हिरासतमा राख्न अादेश

User Photo
सोमवार, भदौ ४, २०७५

काभ्रे । नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई जिल्ला अदालत काभ्रेले पुन ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

आइतबार उनलाई ३ दिन अदालतमा राख्न आदेश दिएको थियोे । आइतबार दिएको म्याद सोमबार सकिएपछि प्रहरीले १५ दिन म्याद माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको मात्रै म्याद दिएको हो ।

गत वैशाख १ गते जिल्लाको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोटक पदार्थले उद्योग पूर्ण रुपमा क्षति पुर्‍याइएको थियो । चारवटा टि्रपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो ।

त्यसै घटनामा संलग्न आरोपमा प्रहरीले नेकपा (विप्लव) का केन्द्रीय सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाएको भए पनि प्रकाण्डलाई प्रहरीले फरार सुचीमा राखिएको थियो । उक्त क्रसर उद्योग कांग्रेस नेता कुन्साङ लामाको हो ।

प्रहरीले क्रसर उद्योगमा आगजनी गरि क्षति पुर्‍याउने मोहन कार्की र कृष्ण धमलालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा चलाएको छ । जसमा प्रहरीको अनुसन्धानबाट मुख्य योजनाकार प्रकाण्ड देखिको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीका अनुसार संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत दफा ७ अनुसार विस्फोटक पदार्थ प्रयोग, हातहतियार प्रयोगबाट केही विध्वंश गर्ने गराउने, अराउनेलाइ ३ वर्ष देखि १० वर्षसम्म जेल सजाय रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले बताए ।

प्रकाण्डलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै आइतबार सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरण रिट पनि दर्ता भएको छ ।

चन्दा उठाएको आरोपमा काठमाडौंमा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटकै सुनुवाई गर्दै गत शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । तर त्यसै दिन प्रहरीले क्रसर उद्योगमा भएको विस्फोटको मुद्दामा पक्राउ गरेको हो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.