Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

पत्रकार राजु बस्नेतलाई कानुन बमोजिम नै पक्राउ गरिएको हो : गृहमन्त्री थापा

User Photo शुक्रबार, भदौ २९, २०७५

 गृहमन्त्री रामबहादुर थापा बादलले पत्रकार राजु बस्नेतलाई कानुन बमोजिम नै पक्राउ गरिएको बताउनुभयो ।

राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले बस्नेतका विरुद्धमा उजुरी आएपछि कानुन बमोजिम नै पक्राउ गरिएको बताउनुभयो ।

‘गृहमन्त्रालयले आदेश दिएर उनलाई पक्राउ गरिएको होइन,’ थापाले भन्नुभयो, ‘सम्बन्धित निकायमा उजुरी परेपछि ति निकायले नै कानुन बमोजिम बस्नेतलाई पक्राउ गरेको हो ।’

नागरिकहरुको अपमान गरेको तथा झुठा समाचार प्रकासन गरेको भन्ने बारेमा उजुरी परेपछि उनलाई कानुन बमोजिम नै पक्राउ गरेको उहाँले बताउनुभयो ।

यसले प्रेस स्वतन्त्रताको हनन् गरेको नभई कानुन कार्यान्वयनको सवालमा स्टेप चालिएको गृहमन्त्री थापाले बताउनुभयो ।

पत्रकारलाई हत्कडि लगायो भन्ने खालको कुरामा आफ्नो पनि ध्यानाकर्षण भएको र त्यसबारेमा सम्बन्धित निकायलाई अवगत गराउँदा कानुन बमोजिम नै आफूहरुले काम गरेको भन्ने जवाफ आएको पनि सदनमा उहाँले जानकारी गराउनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.